कांग्रेसद्वारा नीति तथा कार्यक्रम अघि प्रि-बजेट छलफलको माग « Khabarhub

कांग्रेसद्वारा नीति तथा कार्यक्रम अघि प्रि-बजेट छलफलको माग


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल अघि नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै विरोध जनाएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सरकारले बजेट अधिवेशनमा सिधै नीति तथा कार्यक्रम ल्याउन लागेको र त्यो पारित गरेपछि मात्र प्रि बजेट छलफल गराउने भन्ने सरकारको धारणा आएको भन्दै विरोध गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले पहिला प्रि बजेट छलफल हुनुपर्ने र त्यसपछि नीति कार्यक्रम ल्याई सोहीअनुसार मात्र बजेट ल्याउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

सरकारले प्रि बजेट छलफल अघि नीति कार्यक्रम ल्याएर जनप्रतिनिधिका धारणालाई नजरअन्दाज गर्न खोजेको उनको आरोप थियो । सङ्घीय संसद्कोे बजेट अधिवेशन यही वैशाख १६ गतेदेखि प्रारम्भ हुँदैछ ।

यसअघि बजेट अधिवेशनमा पहिले प्रि बजेट छलफल हुने गरेको र त्यसमा जनप्रतिनिधिले धारणा राखेपछि ती धारणा, सुझाव सल्लाहलाई बजेटमा समेटिने गरिएको प्रमुख सचेतक खाणले बताए ।

बैठकले स्थानीय र प्रदेश सरकारका प्रतिनिधिले सङ्घीय सरकारले संविधानअनुसार अधिकार नदिएको गुनासो गरेको भन्दै आगामी नीति तथा कार्यक्रम र बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका अधिकारअनुसार ल्याउन माग गरेको छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ५५ बजे

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व