भारतमा एकैदिनमा २० लाख भन्दा बढीलाई कोरोना खोप « Khabarhub

भारतमा एकैदिनमा २० लाख भन्दा बढीलाई कोरोना खोप


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ ।

त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् ।

भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ ।

कुल प्रयोग भएको खोप मध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।

–एनएनआई

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : ३२ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ