विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ३५ हजार ५९० पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ८ लाख ३ हजार ६८९ छ । यसमध्ये ८९ हजार २७१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २६ लाख ५८ हजार ८८७ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ४६ हजार ५६७ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ७७ हजार २१६ जना, भारतमा १ लाख ५८ हजार ६४२ जना, रूसमा ९१ हजार ६९५ जना, बेलायतमा १ लाख २५ हजार ४६४ जना, फ्रान्समा ९० हजार ३१५ जना, इटालीमा १लाख १ हजार ८८१ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ९ करोड ६५ लाख ७३ हजारभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : १० बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ