भारतीय प्रधानमन्त्री मोदी अन्तर्राष्ट्रिय सेराविक उर्जा अवार्डबाट  सम्मानित | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदी अन्तर्राष्ट्रिय सेराविक उर्जा अवार्डबाट  सम्मानित


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्तर्राष्ट्रिय सेराविक उर्जा तथा पर्यावरण अवार्डले सम्मानित भएका छन् ।

सूचना सेवा कम्पनी आईएच्एस् मार्किटले बार्षिक रुपमा आयोजना गर्ने अन्तर्राष्ट्रिय सेराविक उर्जा तथा पर्यावरण अवार्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मानित गरिएको द हिन्दुले जनाएको छ ।

यो वर्षको सेराविक सम्मेलन यही मार्च १ देखि ५ सम्म भर्चुअल रुपमा सम्पन्न भएको थियो ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु सम्बन्धी प्रतिनिधि जोन केरी, अर्बपति ब्यापारी बिल गेट्स र मेलीन्दा गेट्स फाउन्डेसनका उपप्रमुख साउदी अराम्को, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न क्षेत्रका प्रख्यात व्यत्तित्वहरु सहभागी थिए ।

भारतमा दिगो बिकास र उर्जाका लागि प्रधानमन्त्री मोदीको नेतृत्वलाई सम्मान स्वरुप सेराविक उर्जा तथा पर्यावरण नेतृत्वको अवार्डले सम्मानित गरेको आयोजक कम्पनीका उपप्रमुख ड्यानीयल यर्गीनले बताए ।

आर्थिक विकास, गरिबी निवारण र उर्जाको क्षेत्रमा भारतले उल्लेखनीय भूमिका खेलीरहेको उनले टिप्पणी गरे । सेराविक अन्तर्राष्ट्रिय सम्मेलनमा उर्जा क्षेत्रका नेतृत्व, विज्ञ, प्राविधिक क्षेत्रका विज्ञ, आर्थिक तथा औद्योगिक समुदाय, सरकारी अधिकारी, नीति निर्माता लगायतका महत्वपुर्ण व्यात्तित्वहरु सहभागी हुने गर्दछन् ।

स्रोतः द हिन्दु ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ५५ बजे

कोशी प्रदेशसभा : प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस

विराटनगर – कोशी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा आज ‘कोशी

एमाले–कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ : ईश्वर पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित

भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम