भारत–पाकिस्तान युद्धविरामको युरोपेली संघद्धारा स्वागत « Khabarhub

भारत–पाकिस्तान युद्धविरामको युरोपेली संघद्धारा स्वागत


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली संघ (ईयू) ले भारत र पाकिस्तानबीच काश्मीर नियन्त्रण सीमाको जारी युद्ध रोक्ने घोषणाको स्वागत गरेको छ ।

क्षेत्रीय शान्ति, स्थायित्व र दुई देशबीच संवाद कायम गर्न भारत-पाकिस्तान बीचको युद्धविरामको निर्णय महत्वपूर्ण कदम रहेको ईयूका  विदेश मामिला तथा सुरक्षा नीति प्रवक्ता नबिला माश्रलीले टिप्पणी गरेका छन् ।

काश्मीर नियन्त्रण सीमामा भारत र पाकिस्तानबीच युद्धविरामको निर्णय स्वागतयोग्य कदम रहेको उनले बताए ।

केही समयअघि भारत र पाकिस्तानी सेनाका उच्च अधिकारीहरुले काश्मीर सीमामा युद्धबिराम गर्ने सबै निर्णयहरुलाई कार्यान्वयन गर्ने संयुक्त विज्ञप्ति सार्वजनिक गरेका थिए ।

विज्ञप्तिमा आपसी चासोको बिषयमा स्वतन्त्र, खुला र सौहार्दपूर्ण छलफल गर्ने उल्लेख गरिएको छ । भारतले पाकिस्तानसँग सामान्य छिमेकीको सम्बन्ध चाहने तर मूख्य विषयहरुमा नीति अपरिवर्तीत रहने भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताएका छन् ।

दुई देशबीचको युद्धविरामको निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सकारात्मक कदमको संज्ञा दिएका छन् ।

 स्रोतः लोकमत

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ९ : ४० बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति