भारत–पाकिस्तान युद्धविरामको युरोपेली संघद्धारा स्वागत « Khabarhub

भारत–पाकिस्तान युद्धविरामको युरोपेली संघद्धारा स्वागत


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली संघ (ईयू) ले भारत र पाकिस्तानबीच काश्मीर नियन्त्रण सीमाको जारी युद्ध रोक्ने घोषणाको स्वागत गरेको छ ।

क्षेत्रीय शान्ति, स्थायित्व र दुई देशबीच संवाद कायम गर्न भारत-पाकिस्तान बीचको युद्धविरामको निर्णय महत्वपूर्ण कदम रहेको ईयूका  विदेश मामिला तथा सुरक्षा नीति प्रवक्ता नबिला माश्रलीले टिप्पणी गरेका छन् ।

काश्मीर नियन्त्रण सीमामा भारत र पाकिस्तानबीच युद्धविरामको निर्णय स्वागतयोग्य कदम रहेको उनले बताए ।

केही समयअघि भारत र पाकिस्तानी सेनाका उच्च अधिकारीहरुले काश्मीर सीमामा युद्धबिराम गर्ने सबै निर्णयहरुलाई कार्यान्वयन गर्ने संयुक्त विज्ञप्ति सार्वजनिक गरेका थिए ।

विज्ञप्तिमा आपसी चासोको बिषयमा स्वतन्त्र, खुला र सौहार्दपूर्ण छलफल गर्ने उल्लेख गरिएको छ । भारतले पाकिस्तानसँग सामान्य छिमेकीको सम्बन्ध चाहने तर मूख्य विषयहरुमा नीति अपरिवर्तीत रहने भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताएका छन् ।

दुई देशबीचको युद्धविरामको निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सकारात्मक कदमको संज्ञा दिएका छन् ।

 स्रोतः लोकमत

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ९ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै