धोनीको बुद्ध भिक्षु अवतार « Khabarhub

धोनीको बुद्ध भिक्षु अवतार


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी बुद्ध भिक्षुको अवतारमा देखिएका छन् ।

२०२१ ईन्डियन प्रिमियर लिग (आईपीएल) तयारीका लागि चेन्नई सुपर किङ्गसको प्रशिक्षण शिविरमा रहेका धोनी एकाएक भिक्षु अवतारमा देखा परेका हुन् ।

उनी भिक्षु अवतारमा देखिएको तस्विर स्टार स्पोर्टले सार्वजनिक गरेको हो । यो तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

यस्तै, आइतबार सोही तस्वीरसँग सम्बन्धित अर्को ९ सकेण्डको छोटो भिडियो क्लिप पनि सार्वजनिक भएको छ । धोनीले कुनै मन्त्र वाचन गरेको देखाइएको उक्त भिडियोको मन्त्र के हुन सक्छ भनेर अनुमान लगाउन भन्दै स्टार स्पोर्टसले ट्वीट गरेको छ ।

पूर्ण रूपमा बुद्ध भिक्षुको पोशाकमा देखिएका धोनीले आफ्नो कपालसमेत खौरिएका छन् । फ्यानहरूले धोनीको यो रूपलाई धेरै मन पराई रहेका छन् । साथै प्रतिक्रिया पनि दिई रहेका छन् ।

यो भिडियो र तस्वीर केका लागि खिचिएको हो प्रस्ट नभए पनि विज्ञापनका लागि धोनी भिक्षु अवतारमा देखा परेका हुन सक्ने बताईएको छ ।

उनले एक मार्शल आर्ट प्रशिक्षण क्याम्पको विज्ञापनका लागि यो तस्वीर खिचेको हुन सक्ने बताईएको छ ।

आईपीएलको १४ औं संस्करण अप्रिल ९ देखि शुरू हुँदै छ । यसको तयारीका लागि सबै फ्रन्चाईज टोलीहरूले शिविरको आयोजना गरिरहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  २ : ४१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज