साताको पहिलो दिन ५१.२३ अंकले घट्यो नेप्से « Khabarhub

साताको पहिलो दिन ५१.२३ अंकले घट्यो नेप्से


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से परिसूचक ५१.२३ अंकले घटेको छ। आज २.०८ प्रतिशतले परिसूचक घटेर २४०७.२५ अंकमा कायम भएको छ। आइतबार २११ वटा कम्पनीको ९९ लाख ३ हजार ७ सय कित्ता सेयर ६० हजार ९७३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज होटल तथा पर्यटन र जलविद्युत समूहको उपसूचक क्रमशः ६१.१२ र ४७.८२ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४५३.९ अंक र निर्जीवन बीमा समूहको उपसूचक ३७४.५३ अंकले घटेको छ।

त्यस्तै, बैंकिङ समूह ३२.३३, व्यापार समूह २१३.१६, विकास बैंक समूह ३७.८४, वित्त समूह १८.८९ र उत्पादन समूह ९६.३४ अंकले घटेको छ। लघुवित्त, लगानी र अन्य समूह क्रमशः ९०.६८, २.५६ र ९६.३६ अंकले घटेको छ।

आज कारोबार रकम र कारोबार संख्याको आधारमा माथिल्लो तामाकोशी अग्रस्थानमा देखिएको छ। माथिल्लो तामाकोशीको ७ लाख १ हजार कित्ता खरिद बिक्री हुँदा ४४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।गिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९५ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका ९.८६ अंकले घटेको छ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ४० बजे

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको