ओली र नेपालबीच आज भेटवार्ता हुँदै | Khabarhub Khabarhub

ओली र नेपालबीच आज भेटवार्ता हुँदै


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

ओली र नेपालबीच चार महिनापछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो ।

ओलीले नेपाललाई बालुवाटार नै भेटवार्ताका लागि बोलाएका थिए । नेपाल बालुवाटार जान नमानेपछि पार्टी कार्यालयमा ओली र नेपालबीच आज ११ बजे भेट हुन लागेको हो ।

नेकपा खारेजपछि यी दुईबीच भेटवार्ता हुन लागे पनि ‌ओली र नेपालको सम्बन्धमा चिसोपना छाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि दुवैले एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका थिए । सर्वोच्चले अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली र नेपाल भेट गर्न लागेका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १० : ३८ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा