हेटौँडामा खानेपानी आपूर्ति सहज | Khabarhub Khabarhub

हेटौँडामा खानेपानी आपूर्ति सहज


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती– वाग्मती प्रदेशको राजधानी हेटौँडामा पछिल्लोपटक माग अनुसार खानेपानी आपूर्ति भएपछि सर्वसाधारणलाई सजिलो भएको छ ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार पछिल्लो पटक मकवानपुरको भीमफेदी गाउँपालिका–१ सामरी खोला नजिकै समवेल ( इनार जस्तै पानी सङ्कलन गर्ने प्रविधि) निर्माण भएपछि खानेपानी आपूर्ति थप सहज भएको हो ।

बोर्डले सामरी खोलामा कूल रु एक करोड १५ लाखको लगानीमा समवेल निर्माण गरेको हो । उक्त समवेलबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरु गरिएको बोर्डका सूचना अधिकारी सञ्जयकुमार न्यौपानेले जानकारी दिए ।

नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटारको जग्गामा सो समवेल बनाइएको छ । पहिले हेटौँडाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका मात्र खानेपानी वितरण गरिएको भए पनि अहिले भने दैनिक तीन पटक पानी वितरण गर्न शुरु गरिएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

समवेलबाट हेटौँडा उपमहानगरपालिका– २, ४, ५ र १० नम्बर वडाका करीब ८०० घरधुरीलाई दैनिक तीन पटक पानी वितरण हुँदै आएको बोर्डले जनाएको छ ।

समवेल निमार्णअगावै दैनिक एक करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डले अब भने दैनिक एक करोड ७२ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ ।

बोर्डको कार्य क्षेत्रमा दैनिक एक करोड ८० लाख लिटर खानेपानी माग छ ।

अझै पनि बोर्डको विस्तारित कार्य क्षेत्र उपमहानगरपालिका– १ को नकौडी, १६ को आकाशधारा, १७ को दुर्गम क्षेत्र, १५ को चिप्लेटी, १८ को दुर्गम क्षेत्र र १९ को बाँसपानी क्षेत्र अझै पनि पर्याप्त मात्रमा खानेपानी आपूर्ति हुन सकेको छैन ।

साविकको नेपाल खानेपानी संस्थान हेटौँडा शाखा २०७७ जेठ ८ गते हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : ३९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका