चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी « Khabarhub

चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– छिमेकी मुलुक चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यहाँ आयोजित अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी भएकी छन् ।

राष्ट्रपति भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी भएकी हुन् ।

बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरको दूरीमा रहेको कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गरे । राष्ट्रपति सीले यसै प्रदर्शनीबाट विश्वको सबै कुनामा हरित विकासको धारणा फैलन सक्ने आशा व्यक्त गरे ।

‘हरियालीमा बाँच, राम्रोसँग बाँच’ (लिभग्रिन, लिभ बेटर)  नारा रहेको यो प्रदर्शनी १६२ दिन चल्ने छ । प्रदर्शनीमा ११० मुलुकको सहभागिता रहेको छ । राष्ट्रपति भण्डारीले उक्त प्रदर्शनीमा रहेको नेपाली प्याभिलियनको उद्घाटन समेत गरिन् ।

राष्ट्रपति भण्डारी आइतबार माउन्ट उताईस्थित महान् स्वेत चैत्य (ग्रेट ह्वाइट पगोडा) को अवलोकन गरिन् । सान्सीप्रान्तको उताई पहाडी भागमा अवस्थित यो चैत्य इँटाले बनेको छ । यसलाई सरिरा वाताइयुआन मन्दिर पनि भनिन्छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ६ : ०० बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको