श्रीलंकामा चिनियाँ कोभिड–१९ विरुद्धको खोपप्रति आशंका, भारतीय खोप प्रयोग गर्ने « Khabarhub

श्रीलंकामा चिनियाँ कोभिड–१९ विरुद्धको खोपप्रति आशंका, भारतीय खोप प्रयोग गर्ने


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– श्रीलंकाले चिनियाँ कोभिड–१९ बिरुद्धको खोपको विश्वसनीयतामा आशंका जनाउँदै भारतमा उत्पादित खोप प्रयोग गर्ने जनाएको छ।

श्रीलंकाले भारतमा उत्पादित अक्सफोर्ड अस्ट्रेजेनेकाको खोप प्रयोग गर्ने निर्णय गरेको हो । यसअघि, श्रीलंकाले चीनमा उत्पादित साइनोफार्म खोप प्रयोग गर्ने बताएको थियो ।

तर, चीनले उत्पालन गरेको साइनोफार्म खोपको विश्वसनीयता कायम नभएको भन्दै भारतमा उत्पादित खोप प्रयोग गर्ने भएको हो । श्रीलंकामा संसदले भारतमा उत्पादित एक करोड डोज खोप ५२ करोड अमेरिकी डलर बारबारको लागतमा किन्ने निर्णय गरेको छ।

भारतले प्राथमिकताका साथ छिमेकी मुलुकहरुलाई सहयोग र वित्तिय दुबै किसिमले कोभिड–१९ बिरुद्धको खोपहरुको निर्यात गरिहेको छ। चीनले उत्पादन गरेको कोभिड–१९ बिरुद्धको खोपहरुबारे अझै पनि विवरणहरु उपलब्ध गर्न नसकेको कारण खोपको विश्वसनीयतामा आशंका कायमै छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ४ : ३८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज