दलहरूबीच सहकार्य हुनुपर्नेमा राष्ट्रपतिको जोड | Khabarhub Khabarhub

दलहरूबीच सहकार्य हुनुपर्नेमा राष्ट्रपतिको जोड


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित राजनीतिक दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग भेटघाटमा उनले नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताप्रति धन्यवाद प्रकट गरिन् ।

राष्ट्रपतिले भनिन्, “हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्दछ ।”

राष्ट्रपतिले कोभिड–१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा परेको प्रतिकूल प्रभावका विषयमा चर्चा गर्नुका साथै यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकको योगदानको स्मरण गरिन् ।

उनले सो कार्यमा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तनजस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई राष्ट्रपतिले आग्रह गरेकी थिइन् ।

सो अवसरमा राष्ट्रपतिले मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बङ्गलादेशको राजकीय भ्रमण गर्न लागेको उल्लेख गरेकी थिइन् ।

छलफलमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेता राजेन्द्र महतो उपस्थित थिए ।

एमालेका तर्फबाट रामबहादुर थापा, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा शशाङ्क कोइराला र माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङको उपस्थिति रहेको थियो ।

यसैगरी, छलफलमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीको पनि सहभागिता थियो ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेता जनकराज शर्मा तथा नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ९ : ०१ बजे

दोलखामा बाढीपहिरो : ७ जनाको मृत्यु, करोडौँको क्षति, टेलिफोन र इन्टरनेट बन्द 

दोलखा– शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर दोलखा

श्रीलंकाको निर्यातमा ४.६७ प्रतिशतले वृद्धि

एजेन्सी– सन् २०२४ अगस्टमा श्रीलंकाको कुल निर्यात एक अर्ब ४०

पानी घटेपछि बाढीपीडितहरू घर फर्किए

पाल्हिनन्दन– बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि

राष्ट्रसंघ महासभामा भाग लिएर आइपुगे प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार

पहिरोमा पुरिएका ६ फुटबलरको एकसाथ अन्तिम बिदाइ (तस्बिरहरू)

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत