माओवादीका मन्त्री किन हटाउँन चाहँदैनन् मुख्यमन्त्री ? « Khabarhub

माओवादीका मन्त्री किन हटाउँन चाहँदैनन् मुख्यमन्त्री ?



पोखरा- गण्डकी प्रदेशका जना मन्त्री नेकपा माओवादी केन्द्रका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा निर्वाचनमा तनहुँ र गोरखाबाट निर्वाचित भएका २ जना गण्डकी प्रदेशमा २ वटा मन्त्रालय सम्हालिरहेका छन् ।

गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट साविककै माओवादी केन्द्रको हैसियतमा फर्किएका तनहुँका हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानून मन्त्री छन् भने गोरखाका लेखबहादुर थापा कृषि तथा सहकारी मन्त्री छन् ।

साविक नेकपा प्रचण्ड-नेपाल समूहमा देखिएका दुबै जना मन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पनि सरकारको कदमविरुद्धमा लागेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई न कहिल्यै विरोध गरे न कुनै बाधा अड्चन नै खडा गरे । आफ्नो समूहको बाहुल्यता रहेको गण्डकी प्रदेशमा पार्टीकै नेता कार्यकर्ताले उनीहरुलाई हटाएर आफ्नै समूहकालाई मन्त्री बनाउन मुख्यमन्त्री गुरुङलाई दबाब पनि दिए थिए । पार्टीका नेता कार्यकर्ताको दबाब खेपेर पनि उनीहरुलाई मन्त्रीमण्डलबाट चलाउन चाहेनन् ।

अहिले सर्वोच्चबाट पूर्ववत पार्टीको मान्यता पाएपछि पनि मुख्यमन्त्री गुरुङले उनीहरुलाई हटाउन नचाहेको सचिवालयका एक सदस्यले बताए । नैतिकताका आधारमा आफै छाडेर गएमा राष्ट्रिय जनमोर्चाबाट एउटा मन्त्री बनाइदिने योजना गुरुङको रहेको स्रोतले बतायो ।

आन्तरिक मामिला मन्त्री चुमानले भने केन्द्रकाअनुसार समीकरण बन्ने भएकाले अहिले मन्त्रीबाट राजीनामा दिने सोंच नभएको बताए । अहिले आफूहरुलाई कतैबाट पनि पद छाड्नुपर्ने दबाब नआएको मन्त्री चुमानले बताए ।

६० सदस्य रहेको गण्डकी प्रदेशको प्रदेशसभामा नेकपा (एमाले) ओली समूहका मात्रै २७ सदस्य छन् । राष्ट्रिय जनमोर्चाका ३ सदस्य भए पुग्ने ठानेका मुख्यमन्त्री गुरुङले आफूलाई कतैबाट बाधा ब्यवधान नआउँदासम्म कसैलाई नचलाउने मनस्थितिमा रहेका छन् ।

गण्डकी प्रदेशसभामा खनाल-नेपाल समूहका १ जना मात्रै सदस्य छन् भने माओवादी केन्द्रका ११ जना सदस्य रहेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका १५ जना, जनमोर्चाका ३, नयाँ जनता समाजवादी पार्टीका २ र एक जना स्वतन्त्र सदस्य छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १२ : ५० बजे

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको