राजदूत पराजुली र ओमानका आवास तथा शहरी विकास मन्त्रीबीच भेटवार्ता « Khabarhub

राजदूत पराजुली र ओमानका आवास तथा शहरी विकास मन्त्रीबीच भेटवार्ता


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : ओमानका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकाल र ओमानका आवास तथा शहरी विकास मन्त्री डा. खल्फान विन सइद विन मुबारक अल सुएइली बीच भेटवार्ता भएको छ ।

उक्त भेटघाटमा राजदूत ढकालले नव नियुक्त मन्त्रीलाई सफल कार्यकालको शुभकामना दिदै नेपालले खाडी क्षेत्रमै पहिलो नेपाली दूतावासले ओमानमा बनाउन लागेको नमुना भवन बारे जानकारी गराइन् ।

नेपाल तथा नेपाली दूतावाससँग सहकार्य गर्न शहरी विकास मन्त्रालय सदैव तयार रहेको मन्त्री डा. खल्फानले बताएको राजदूत ढकालले जानकारी दिइन् । उनीहरुबीच आवास तथा शहरी विकासका क्षेत्रमा दुई देशका साझा अभ्यासहरू, चुनौतीहरू तथा सम्भावनाहरू लगायत विवध विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो।

गत वर्ष नै नेपाली दूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ‌ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भैसकेको छ ।

उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४ हजार १०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने सम्झौतामा उल्लेख गरिएको छ ।

दूतावासको भवन सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढेको छ ।

त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दीर्घकालिन् रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १ : ०३ बजे

सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा

काठमाडौं – उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज

भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका