छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने भारतीय नागरिक प्रशासन कार्यालयबाट पक्राउ « Khabarhub

छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने भारतीय नागरिक प्रशासन कार्यालयबाट पक्राउ


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगन्ज– गलत विवरण पेश गरी आफ्नो छोरालाई नेपाली नागरिकता दिलाउन खोज्ने एक भारतीय पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आफ्नो छोराको नागरिकता बनाउन पुगेका भारतीय नागरिक सदामा साह तेलीलाई प्रशासन कार्यालयबाटै पक्राउ परेका हुन् ।

वीरगन्ज महानगरपालिका–१३ स्थायी ठेगाना देखाएर तेली आफ्नो छोराको नागरिकता बनाउन पुगेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साबाटै आफूले प्राप्त गरेको नागरिकता साथमा लिएर गएका उनलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगएको हो ।

तेलीले गलत विवरण बनाएर २०६३ सालमा आफ्नो नाममा नेपाली नागरिकता लिएका थिए । उनी भारतीय नागरिक भएको उजुरी परेपछि गृह मन्त्रालयले २० पुस २०६८ मा उनको नागरिकता बदर गरिदिएको थियो ।

तेली बदर भएको नागरिकता बोकेर आफ्नो छोराको नाममा नागरिकता दिलाउन प्रशासन कार्यालय पुगेपछि पक्राउ गरेका हुन् ।

तेली यसअघि पनि नक्कली विवरण देखाएर नागरिकता लिएको अभियोगमा प्रहरीको खोजी सूचीमा थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १२ : ४९ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको