तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर « Khabarhub

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ ।

नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताए ।

सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन् । हावाका कारण निभेका क्षेत्रमा आगो पुनः सल्किएको छ । खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ । पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको छ । खटाइएका सुरक्षाकर्मी फर्किएका छैनन् ।

निरन्तरको प्रयासबाट पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । कसरी आगो लाग्यो भन्ने यकिन नभएकाले अनुसन्धान गरिने उनको भनाइ छ ।

आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन् । वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो निभाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १२ : ५५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,