ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्ग प्रालिबीच सम्झौता | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्ग प्रालिबीच सम्झौता


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ्ग प्राइभेट लिमिटेडबीच ग्राहक वर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्राली का अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीअनुसार बैंकले बोधि होल्डिङ्ग प्रालीले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजनामार्फत घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ ।

यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ्ग प्रालीले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  २ : ५६ बजे

भाटभटेनी जलेपछि कविताको चित्कार- दुःख गरेर खानी भाँडो पापीहरूले रित्याए

काठमाडौं– स्याङ्जा कालीगण्डकी गाउँपालिकाकी कविता पाण्डेय विगत चार वर्षदेखि भाटभटेनी सुपरमार्केटमा

नवनियुक्त ४ मन्त्रीहरूले लिए शपथ

काठमाडौं– नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

दसैँको समयमा राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

दोधारा चाँदनी – दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे

चार मन्त्रीको शपथ समारोहमा पुगे सभामुख घिमिरे  

काठमाडौं– नवनियुक्त चार मन्त्रीहरूको शपथ समारोहमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे

नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना

काठमाडौं– नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर