गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गरेर रकम असुल्ने दुई महिला पक्राउ « Khabarhub

गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गरेर रकम असुल्ने दुई महिला पक्राउ


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको झुठो आरोपमा दोषी ठहर गर्दै सुर्खेत जिल्ला अदालतबाट साढे तीन वर्षको जेल सजाय सुनाइएकी ललिता भन्ने लालसरी शाही र कल्पना हमाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका वडा नं. ३२, कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठमा सँगै बसेको र सँगै बसेको भिडियो गोप्य रुपमा रेकर्ड गरी म्यासेन्जरमार्फत पीडितलाई पठाएर ‘ब्ल्याकमेलिङ’ गरी पटक पटक आईएमईमार्फत लाखौँ रकम असुलेको आरोपमा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौँको विभिन्न स्थानबाट उनीहरुलाई यही चैत ४ गते (बुधबार) पक्राउ गरेको हो । प्रारम्भिक अुनसन्धान पश्चात थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।

सुर्खेत जिल्ला विरेन्द्रनगर वडा नं. १० स्थायी ठेगाना भएकी ३७ वर्षीया शाही काठमाडौँ, घट्टेकुलोमा बस्दै आएकी थिइन् भने सोही स्थायी ठेगाना भएकी ३७ वर्षीया हमाल भने कपनमा बस्दै आएकी थिइन् ।

लालसरी शाही २०६६ मंसिरमा राजु धिताललाई अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतले १४ जेल सजाय सुनाइएकी अभियुक्त हुन् । सात वर्ष जेल बसेर २०७४ साल मंसिर २२ गते एक लाख रुपैयाँमा धरौटीमा छुटेकी थिइन् ।

यस्तै, शाही र हमाल दुवैले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई शर्माविरुद्ध गत असोज ६ गते बलात्कारको जाहेरी दिएका थिए । उक्त जाहेरीलाई झुठो ठहर गर्दै लालसरीविरुद्ध सुर्खेत जिल्ला अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ११ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग