यी ५ ‘स्टार’ खेलाडी, जो पहिलोपल्ट विश्वकप क्रिकेट खेल्दैछन् | Khabarhub Khabarhub

यी ५ ‘स्टार’ खेलाडी, जो पहिलोपल्ट विश्वकप क्रिकेट खेल्दैछन्


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अर्को महिनादेखि इङ्गल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको पुरुष विश्व कप क्रिकेटका लागि १० वटै सहभागी राष्ट्रले टिम घोषणा गरिसकेका छन् । यो वर्षको विश्वकपमा कतिपय टिमले पुरानै खेलाडीलाई स्थान दिइरहँदा केही टिमहरुले भने युवा खेलाडीलाई पनि स्थान दिएका छन् ।

१० देशमध्ये ५ देशले नयाँ खेलाडीलाई डेब्यूको अवसर दिएका छन् । जसमा भारतका जस्प्रीत बुमराह, अफगानिस्तानका राशिद खान, वेस्ट इन्डिजका शिमरोन हेटमेयर, अस्ट्रेलियाका ज्हेया रिचार्डसन र पाकिस्तानका बाबर आजम छन् ।

जस्प्रीत बुमराह (भारत)

भारतीय राष्ट्रिय टोलीबाट सन् २०१६ को एकदिवसीयमा डेब्यू गरेका जस्प्रीत बुमराह यसपटकको विश्वकप क्रिकेटमा डेब्यू गर्दैछन् । २५ वर्षे बुमराह आईसीसी एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) बलिङ बरियतामा शीर्ष स्थानका खेलाडी हुन् ।

३ वर्षको छोटो समयमा आफूलाई एकदिवसीयको विश्व नम्बर १ बलर बनाउन सफल उनी विश्वकपमा भारतीय टोलीका लागि भरपर्दा खेलाडी हुन् । उनले २०१८ मा खेलेका १३ एकदिवसीय खेलमा २२ विकेट लिइसकेका छन् । उनी विश्वकपमा भारतका लागि महत्वपूर्ण बलर हुन् ।

शिमरोन हेटमेयर (वेष्ट इन्डिज)

वेस्ट इन्डिजका शिमरोन हेटमेयर पनि इङ्गल्यान्ड विश्वकपमा डेब्यू गर्दैछन् । मिडिल अर्डरमा ब्याटिङ गर्ने उनी वेस्ट इन्डिजका लागि महत्वपूर्ण खेलाडी हुन् । एकदिवसीय प्रतियोगितामा २५ खेल खेलेका उनी ९ सय रनको नजिक रहेको आईसीसीले जनाएको छ । ४ शतक प्रहार गरेका उनको औषत इकोनोमि ४०.८६ को रहेको छ ।
सन् २०१५–१६ मा वेस्ट इन्डिजलाई यू– १९ विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले इङ्गल्यान्ड विश्वकप छनोटका क्रममा टिमका लागि स्थिर प्रदर्शन गर्दै विश्वकपमा पुर्‍याउन सहयोग गरेका थिए ।

जाई रिचार्डसन (अस्ट्रेलिया)

जाई रिचार्डसन अस्ट्रेलियाका लागि महत्वपूर्ण खेलाडी हुन् । उनका लागि पनि यो विश्वकप डेब्यू प्रतियोगिता हो । यद्यपि उनले अहिलेसम्म १२ ओडीआई खेल मात्रै खेलेका छन् । तीव्र गतिमा बलिङ गर्ने उनले ओडीआईमा विश्वका नम्बर १ ब्याट्सम्यान विराट कोहलीलाई आउट गरिसकेका छन् । २२ वर्षे उनले अहिलेसम्म २४ विकेट लिएका छन् ।

बाबर अजाम (पाकिस्तान)

इङ्गल्यान्ड र वेल्स विश्वकपमा पाकिस्तानको राष्ट्रिय टोलीबाट बाबर अजामले डेब्यू गर्दैछन् । २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले अहिलेसम्मका ५९ ओडीआई खेलमा २५ रनको हाराहारीमा रन बनाइसकेका छन् ।

आईसीसीको ओडीआई बरियतामा अजाम शीर्ष सातौं स्थानमा छन् । पाकिस्ताका लागि स्थिर भएर खेल्न सक्ने उनीबाट पाकिस्ताले पनि निकै धेरै अपेक्षा गरेको छ ।

राशिद खान (अफगानिस्तान)

२० वर्षीय अफगानिस्तानका स्पिनर राशिद खान विश्वकपका सबैभन्दा बढी चर्चामा रहेका खेलाडी हुन् । कम उमेरका भएपनि राशिदले अन्तराष्ट्रिय क्रिकेटमा आफ्नो स्थान बनाइसकेका छन् ।

सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनी विश्वकपमा सबैले हेर्न चाहेका खेलाडी हुन् । उनले ५७ ओडीआईमा १ सय २३ विकेट लिइसकका छन् ।

–आईसीसीको सहयोगमा

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ४३ बजे

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय

तारकेश्वर नगरपालिकाका कामकाज सञ्चालनमा

काठमाडौं-  जेन-जी युवाहरूको प्रदर्शनी र आगजनीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण