चौथो टी-ट्वान्टीमा भारत ८ रनले विजयी « Khabarhub

चौथो टी-ट्वान्टीमा भारत ८ रनले विजयी


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पाहुना टोली इंग्ल्यान्डलाई भारतले चौथो टी-ट्वान्टी क्रिकेटमा ८ रनले पराजित गरेको छ ।

अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो ।

भारतको जितसँगै ५ खेलको सिरिज २-२ को स्थितिमा पुगेको छ । अबको खेल निर्णायक हुने भएको छ ।

भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए । यस्तै जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे । डाविड मालन १४ रनमा आउट हुँदा जोस बट्लरले ९ रन बनाए । जोफ्रा आर्चर १८ रनमा अविजित रहे भने क्रिस जोर्डन १२ रनमा आउट भए ।

भारतका लागि शार्दुल ठाकुरले ३ तथा हार्दिक पाण्डय र राहुल चहलले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

भारतका लागि सुर्य कुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए ।

केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमा आउट भए ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ०५ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ