५० वर्षपछि फेसबूकमा जीवितभन्दा मृत व्यक्तिको संख्या बढी हुने « Khabarhub

५० वर्षपछि फेसबूकमा जीवितभन्दा मृत व्यक्तिको संख्या बढी हुने


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अहिले सामाजिक सञ्जाल फेसबूकबारे जानकारी नभएका सायदै होलान् । इन्टरनेट सुविधा पुगेको स्थानमा त फेसबूक प्रयोगकर्ता नहुने कुरै भएन । विश्वव्यापी रुपमा फेसबूकको लोकप्रियता जसरी वृद्धि भइरहेको छ, नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । तर जुन गतिमा फेसबूक प्रयोगकर्ताको संख्या बढीरहेको छ, यसलाई हेर्दा आगामी ५० वर्षपछि भने फेसबूकमा जीवित भन्दा पनि मृत्यु भएका व्यक्तिहरुको प्रोफाइल संख्या धेरै हुने एक अध्ययनले देखाएको छ ।

अहिलेकै अवस्थालाई हेर्ने हो भने पनि फेसबूकमा मृत्यु भएका व्यक्तिहरुको प्रोफाइलको संख्या बढ्दै गएको अध्ययनले देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार आगामी सन् २०७० सम्ममा फेसबूकमा जीवित व्यक्तिभन्दा पनि मृत व्यक्तिको प्रोफाइल बढी हुनेछ ।

तथ्यांकलाई हेर्दा आगामी ५० वर्षपछि फेसबूकमा अहिले जोडिएका २ दशमलब ३ अर्ब प्रयोगकर्ता मध्ये कम्तिमा १ दशमलब ४ अर्ब प्रयोगकर्ताको मृत्यु भइसकेको हुनेछ । त्यसबेला फेसबूकमा जीवित व्यक्ति भन्दा पनि मृत व्यक्तिको संख्या बढी भएको पहिलो अवस्था हुनेछ ।

यस अध्ययनका सह–लेखक डेभिड वाट्सनले भविष्यमा इतिहासविदहरुका लागि मृत भएका व्यक्तिहरुको प्रोफाइल हेर्ने छुट दिनु पर्ने धारणा राखेका छन् । यसबाट इतिहासबारे सत्यतथ्य बाहिर ल्याउन मद्दत पुग्ने उनको भनाइ छ । मृत्यु भइसकेका व्यक्तिहरुको प्रोफाइलमा पोष्ट भएका सामाग्रीहरुले इतिहासका खोजकर्ताहरुलाई ठूलो मद्दत पुग्ने वाट्सन बताउँछन् । मानव व्यवहारलाई हेर्न यो भन्दा उत्तम संग्रह यसअघि कहिल्यै नभएको उनको तर्क छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  २ : ५१ बजे

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ