यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल « Khabarhub

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले जडीबुटी क्षेत्रको व्यवस्थित विकासलाई प्राथमिकतामा राखिएको स्पष्ट पारिन्।

उनका अनुसार यार्सागुम्बालगायत जडीबुटीको व्यवस्थित संकलन, सुरक्षा, बिमा व्यवस्था, प्रशोधन केन्द्र स्थापना, मूल्य सुनिश्चितता र बजार पहुँच विस्तारका लागि सरकार केन्द्रित छ।

आगामी आर्थिक वर्ष २०८३-८४ का लागि जडीबुटी विकास कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तह, प्रदेश सरकार र सरोकारवालासँग समन्वय भइरहेको पनि मन्त्री चौधरीले जानकारी दिइन्।

संसदमा उठेका अन्य प्रश्नहरूको जवाफ दिँदै उनले कैलालीमा वन अतिक्रमण हटाउने क्रममा भएको घटनाबारे सत्यतथ्य छानबिन गरी कानुनअनुसार कारबाही अघि बढाइएको बताए। उक्त घटनाको छानबिनका लागि प्रदेश वन निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ।

मन्त्री चौधरीले राष्ट्रसेवक कर्मचारीलाई जनताको सेवकका रूपमा जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिँदै राज्य सम्पत्तिको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।

त्यसैगरी, उनले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको बताउँदै समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक दुवै तहमा छलफल भइरहेको जानकारी दिए। चिया उद्योगीका समस्या समाधानका लागि संवाद सकारात्मक दिशातर्फ अघि बढिरहेको उनको भनाइ थियो।

मन्त्री चौधरीले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले दिएका सुझाव र परामर्श आगामी बजेट तथा कार्यक्रम कार्यान्वयनमा उपयोगी हुने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ५ : २२ बजे

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

तीन महिनामा एक हजार ४ सय ५२ सहकारी बचतकर्ताको रकम फिर्ता गरिसक्यौँ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री

ठगी मुद्दामा पक्राउ परेका सेफ साहको दाबी : यो ४ लाख ५० हजारको चेक विवाद मात्र हो 

काठमाडौं– मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार

अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले बजेट ल्याएको हो : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको जग बसाल्नेगरि सरकारले