खानेपानी मन्त्री बिना मगरको निर्देशनमा झाडापखाला प्रभावित क्षेत्रमा पठाइयो वाटर एम्बुलेन्स  | Khabarhub Khabarhub

खानेपानी मन्त्री बिना मगरको निर्देशनमा झाडापखाला प्रभावित क्षेत्रमा पठाइयो वाटर एम्बुलेन्स 


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुषित खानेपानीका कारण झाडा पखाला प्रभावित गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् वाटर एम्बुलेन्स पठाइएको छ ।

झाडापखाला प्रभावित क्षेत्रमा दुषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्री बिना मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण चेक जाँच गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो ।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभागको विज्ञ टोली झाडा प्रभावित क्षेत्रमा गएको हो ।

स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर चेक जाँच गरिन्छ ।

केही दिनदेखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एकको मृत्यु भएको छ भने करिब २ सय मानिसहरु बिरामी परेका छन् ।

त्यहाँको खानेपानीमा कोलिफर्म भएको बताइएको छ । दूषित पानीका कारण सिंगो गाउँकै जनजीवन प्रभावित भएको छ ।

ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने लगायतका समस्याले दजाकोटमा महामारी फैलिएको छ । त्यस क्षेत्रको पानीको मुहानमा धेरै कोलिफर्म भेटिएकाले झाडा पखालाको प्रकोप बढेको विज्ञहरुको भनाइ छ ।

पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाइने पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ४ : ०५ बजे

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन – अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका

कृषिमा यान्त्रिकीकरणः समय र खर्चको बचत

गलकोट – अहिले खेतबारीमा गहुँ चुट्न किसानलाई भ्याइनभ्याइ छ ।

नापतौलमा अनियमितता गर्नेलाई कारबाही

जनकपुरधाम – गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको