विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चालाई पानीको अभाव- युनिसेफ | Khabarhub Khabarhub

विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चालाई पानीको अभाव- युनिसेफ


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघ (सिन्ह्वा)- विश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (यूनिसेफ) ले सार्बजनिक गरेको एक तथ्याङ्कमा जनाइएको छ ।

विश्वव्यापी प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

युनिसेफले बिहीबार सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीहरूले उच्च वा अत्याधिक उच्च पानीको अभावको सामना गरिरहेका पाइएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकामा त्यस्ता क्षेत्रहरूमा बस्ने बच्चाहरूको अनुपात सबैभन्दा बढी छ अर्थात् पानीको अभाव सामना गरिरहेका बालबालिकामध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत बालबालिका छन्, जसले दिनहुँ पर्याप्त पानीको पहुँचका लागि कठिनाइको सामना गरिरहेका छन् ।

यसपछि पश्चिम र मध्य अफ्रिकामा ३१ प्रतिशत, दक्षिण एशियामा २५ प्रतिशत र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको छ ।

दक्षिण एसियामा कूल १५ करोड ५० लाख बालबालिका अर्थात् विश्वमा अन्य षेत्रको तुलनामा बढी बालबालिका पानीको अभाबबीच बाँचिरहेका तथ्याङ्क रहेको छ ।

यूनिसेफले पानीको अभाब झेलिरहेका मुलुकहरूमध्ये अफगानिस्तान, बुर्किना फासो, इथियोपिया, हैटी, केन्या, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुआ न्यूगिनी, सुडान, तान्जानिया र यमनलगायतका ३७ मुलुकलाई समस्याग्रस्त मुलुकको अग्रस्थानमा राखेको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरद्वारा जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वको पानी सङ्कट यत्तिकै आएको होइन यसलाई जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको छ ।’

नयाँ रिपोर्ट युनिसेफको ‘सबैका लागि पानी सुरक्षा’ पहलको एक हिस्सा हो र प्रत्येक बालबालिकालाई दीगो तथा पानीको सेवामा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्न पहल हो ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : ०७ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य