ठगी आरोपमा एक विदेशीसहित दुई जना पक्राउ « Khabarhub

ठगी आरोपमा एक विदेशीसहित दुई जना पक्राउ


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मोटोपन घटाउँने औषधिको नाममा ‘ग्रीन कफी’ बेचेर ठगी गर्ने एक विदेशीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका- १७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका विदेशी नागरिक इजोर कुटशलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्यूरोले नयाँबजारबाट पक्राउ गरेको हो ।

आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक समेत रहेको प्रहरीले जनाएको छ । आचार्यले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै भ्रामक प्रचार गराएको प्रहरीले जनाएको छ ।

आचार्यले ग्रीन कफी खाएपछि विना औषधि, बिना व्यायाम, डाईटिङ र साईड ईफेन्ट विनै सातामा १३ किलोसम्म वजन घट्ने भन्दै भ्रामक प्रचार सामाजिक सञ्चालमा पोष्ट गरेका थिए ।

आचार्यको सप्लायर्समा खानतलासी गर्दा ठूलो परिमाणमा ग्रीन कफीको सामान समेत फेला पारेको ब्यूरोले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले १२ वटा जुटको बोरामा राखिएको हरियो कफी ६४४ केजी,  तयारी अवस्थाको १०० ग्राम हरियो कफी, २ हजार ८२२ प्याकेट, क्याइटालिट लेखिएको ४५ बाकस, कार्डिसन लेखिएको ५१ बाकस, डक्स लेखिएको १८ बाकस, विभिन्न कम्पनीको २५ थान ल्यापटप, र सीपीयू २ थान बरामद गरेको छ ।

यस्तै विदेश नागरिक कुटशको पासपोर्ट २ थान र उनको कोठाबाट ३ लाख ९७ हजार रुपैयाँ र २ थान मोवाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको सीआइबीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ११ : ०१ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग