महिला क्रिकेट खेलाडीले यसै साता तलब पाउने « Khabarhub

महिला क्रिकेट खेलाडीले यसै साता तलब पाउने


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई यसै साता पारिश्रमिक बापतको रकम उपलब्ध गराउने भएको छ ।

क्यानका सचिव असोकनाथ प्याकुरलेले महिला खेलाडीले दुई–चार दिन भित्रै खेलाडीलाई पारिश्रमिक रकम उपलब्ध गराउने जानकारी गराए ।

खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको सचिव प्याकुरेलले बताए ।

‘आईसीसीबाट रकम प्राप्त भइसकेको छ । रकम केही थोरै प्राप्त भएको छ,’ उनले भने, ‘रकम थोरै भएकाले के कति दिन सकिन्छ, त्यो हेर्दै छौँ ।’

क्यानले आईसीसीबाट ६ करोड प्राप्त गर्नु पर्ने हो । तर, क्यानका पदाधिकारी कै कमजोरीमा आईसीसीले ३ करोड रुपैँया मात्र उपलब्ध गराएको छ ।

महिला खेलाडीलाई क्यानले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो । गत असोजको पहिलो साता चितवनमा सबेको क्यानको बैठकले पहिलो पटक महिला खेलाडीको वर्गीकरण गरेको थियो ।

खेलाडीलाई वर्गीकरणमा राखेको करिब ६ महिनापछि महिला खेलाडीले पहिलो पटक पारिश्रमिक पाउन लागेका हुन् ।

क्यानले ६ महिनाका लागि खेलाडीलाई कन्ट्रयाक्ट दिएको थियो । महिला खेलाडीलाई क्यानले ‘ए’ , ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।

‘ए’ श्रेणीमा रहेका खेलाडीले मासिक १५ हजार, ‘बी’ मा रहेका खेलाडीले १२ हजार र ‘सी’ का खेलाडीले मासिक १० हजार पाउने छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : १५ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य