मोटरसाइकल दुर्घटनामा तीन प्रहरी गम्भीर घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा तीन प्रहरी गम्भीर घाइते


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित सुनगढामा मोटरसाइकल दुर्घटना हुँदा तीन प्रशिक्षार्थी प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका अनुसार गम्भीर घाइते हुनेहरूमा प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको तालिम गरिरहेका २० वर्षीय दलबहादुर भण्डारी, २० वर्षीय लोकरञ्जन भट्ट र २१ वर्षीय दीपेन्द्र खड्का रहेका छन् ।

घाइते तीनै जनालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारका लगिए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलाली लगिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए । – रासस

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ९ : १५ बजे

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल