श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु « Khabarhub

श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलङ्काको पासारामा बस दुर्घटनामा पर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार राजधानी कोलम्बोबाट करिब ३ सय ५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस शनिबार भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको हो । बसमा यात्रारत ३० व्यक्ति गम्भीर घाइते भएका छन् ।

घाइते यात्रुका अनुसार चालकको लापर्बाहीका कारण बस दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान शु्रू गरेको छ भने घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापर्बाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् । – रासस/सिन्ह्वा

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ११ : ३० बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै