इंग्ल्यान्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई | Khabarhub Khabarhub

इंग्ल्यान्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।

अहमदाबादमा शनिबार भएको अन्तिम तथा पाँचौं खेलमा इंग्ल्यान्डमाथि ३६ रनको जित निकाल्दै भारतले सिरिज ३-२ ले जितेको हो ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाउन सक्यो ।

डाविड मालन र जोस बटलरले अर्धशतकीय इनिङ्स खेले पनि इंग्ल्यान्डलाई जित दिलाउन सकेनन् ।

मालन ६८ रन जोड्दा आउट भए भने बटलर ५२ रनमा आउट भए । यस्तै जासन रोय सुन्य रनमा आउट हुँदा जोनी बेयर्स्टोले ७ रन बनाए ।

बेन स्टोक्सले १४ रन जोड्दा क्रिस जोर्डन ११ रन बनाएर आउट भए । कप्तान इयान मोर्गन र जोफ्रा आर्चर १/१ रनमा आउट भए । साम करण १४ रनमा अविजित रहे ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न शार्दुल ठाकुरले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डय र टी नटराजनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । हार्दिक पाण्डय ३९ रनमा अविजित रहदा सुर्य कुमार यादवले ३२ रन बनाए ।

इंग्ल्यान्डका आदील खान र बेन स्टोक्सले १/१ विकेट लिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ६ : २५ बजे

भोजपुर गोल्डकप : एपीएफ फाइनल प्रवेश

टक्सार– भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक

आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको प्रभाव 

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ

कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ : बोर्ड

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख

संसद्को संयुक्त बैठक : आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार