ब्राउन सुगरसहित ६ जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित ६ जना पक्राउ


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाका विभिन्न स्थानबाट एकै दिन ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।

अर्जुनधारा ११ विर्तामोड बसपार्कबाट झापा भद्रपुर ९ गरामनीका १९ वर्षीय पवन भनिने साईल खानलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम लागुऔषध बरामद भएको छ ।

यस्तै पूर्वी सिमाक्षेत्र मेचीनगर १३ चारआलीबाट एकसाथ तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १५ का ३० वर्षीय कुमोलाल राजवंशी, सोही ठाउँका २४ वर्षीय सञ्जय मुखिया र भद्रपुर १० का १९ वर्षीय श्रवण मुखिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट २९ ग्राम ब्राउनसुगर फेला परेको छ ।

यस्तै भद्रपुर ४ डाँगीबारीबाट विर्तामोड ८ का १९ वर्षीय सरोज सुनुवार र सोही ठाउँका १९ वर्षीय अभिषेक राजवंशी पनि ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनीबाट २ ग्राम ४३ मिलिग्राम ब्राउन सुगर पनि भेटिएको छ । प्रक्राउ परेका सवै माथि अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ११ : २९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब