नयाँ भर्ना हुन आउने विद्यार्थीहरूका लागि ब्रिटिस कलेजद्वारा ओरिन्टेसन कार्यक्रम « Khabarhub

नयाँ भर्ना हुन आउने विद्यार्थीहरूका लागि ब्रिटिस कलेजद्वारा ओरिन्टेसन कार्यक्रम


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना हुन आउने विद्यार्थीहरूको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा मार्च इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

लाजिम्पाटस्थित -याडिसन होटलमा सो कार्यक्रम आयोजना भएको हो । बीएस्सी (हन्स) कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

कोभिड– १९ को महामारीको कारण सन् २०२० मा धेरै कठिनाईहरु भोगेपनि कलेजले गुणस्तीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेन । हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरिन्टिेसन कार्यक्रमको आयोजना गरेको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरूलाई प्रभावकारी ढङ्गले अनलाइन शिक्षा प्रदान गर्दै आइरहेको छ ।

सो समयमा कलेजले अनलाइनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभइ बिभिन्न सेसनहरू, वेभिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो । कलेजका एशोसियट डिन अरुणलाल जोशीले आफ्नो स्वागत मन्तव्य राखेका थिए ।

उनले कोभिड– १९ को अवस्था अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षण गराएका थिए । साथै, उनले यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा कलेजद्वारा कुनै पनि सम्झौता नहूने प्रतिबद्धता स्वागत मन्तव्यमा गरे ।

कार्यक्रममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा विभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।

औपचारिक कार्यक्रमको समापन बिबिए प्रोगाम लिडर सौरभ सत्यालले गरेका थिए ।

कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा लिइरहेको छ । एड्मिसन तथा मार्केटिङ विभागका प्रमुख अमरदिप मण्डलले हाल बिबिए, बिएचएम र बिएस्सी कप्युटिङको भर्ना कार्यक्रम अझै चलिरहेको जानकारी दिए । उनले भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरु सबैले मास्कदेखि स्यानिटाइजर सम्मका सबै प्रविधिहरू प्रयोग भएका थिए । त्यसैगरी कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १ : ०० बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित