ओछ्यानसहित झा दम्पत्ति बेपत्ता पारेको घटनाका चार अभियुक्त पक्राउ « Khabarhub

ओछ्यानसहित झा दम्पत्ति बेपत्ता पारेको घटनाका चार अभियुक्त पक्राउ


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको पिपरा गाउपालिका ५ का मुसाफिर झा र उनकी पत्नी गितादेवीको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

ओछ्यानसहित झा दम्पत्ति बेपत्ता पारेको घटनाका चार अभियुक्तलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीको पिपरा गाउपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको हो ।

घटनामा उनी चारै जनाको संलग्नता देखिएकाले पक्राउ गरिएको महोत्तरी प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्य जानकारी दिए ।

‘उनीहरुले अपहरण गरेको नस्वीकारे पनि अनुसन्धानबाट संलग्नता पुष्टि भइसकेको छ,’ एपी आचार्यले भने, ‘आरोपीको घरबाट प्रमाणसमेत बरामद भएको छ ।’

झा दम्पतीलाई जग्गा बेच्न दबाब दिएको र नबेचेपछि अपहरण गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

झा दम्पतीको गत फागुन १० गते राति अपहरण भएको थियो ।

घटनामा संलग्नहरु पक्राउ परेको दावी प्रहरीले गरे पनि झा दम्पतीको अवस्था अझै अज्ञात छ । एसपी आचार्यले पक्राउ परेकाहरुले झा दम्पतीलाई कहाँ राखेको भन्ने कुरा अझै नखुलाएको जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ०१ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट