गेष्टहाउसमा बोलाएर गोप्य भिडियो बनाइ ‘ब्ल्याकमेल’ गर्ने तीन पक्राउ « Khabarhub

गेष्टहाउसमा बोलाएर गोप्य भिडियो बनाइ ‘ब्ल्याकमेल’ गर्ने तीन पक्राउ


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हनी ट्र्याप’मा फसाइ रकम असुली गरेको आरोपमा प्रहरीले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ ।

दुईजना पुरुषलाई गेस्ट हाउसमा भेट्न बोलाएर कोठामासँगै बसी गोप्य रुपमा भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै पैसा असुल्न खोजेको आरोपमा प्रहरीले महिलासहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट घर भइ गोंगबु बस्‍ने २८ वर्षीया संगीता शाह (रितु), सिन्धुपाल्चोक घर भइ गोंगबु बस्‍ने २१ वर्षीया सुस्मिता गिरी र नुवाकोट घर भइ स्वयम्भू बस्‍दै आएका शंकर खनाल रहेको प्रहरीले बताएको छ ।

यस गिरोहले कपन र इमाडोल बस्‍ने दुईजना पुरुषलाई चाबहिलस्थित गेस्ट हाउसमा बोलाएर कोठामा सँगै बसाएर गोप्य रुपमा भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ५ लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया