गुटबन्दीको अन्त्य गर्दै पार्टी अघि बढ्नेछ : मन्त्री गुरुङ « Khabarhub

गुटबन्दीको अन्त्य गर्दै पार्टी अघि बढ्नेछ : मन्त्री गुरुङ


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी गुटबन्दीको अन्त्य गर्दै अघि बढ्ने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकारसम्मेलनमा उनले पार्टीमा गुटबन्दीलाई प्रवेश गर्न नदिइने बताए । पार्टी, देश र जनताका लागि नै घातक हुने गुटबन्दी स्वीकार गर्ने अवस्थामा आफूहरु नरहेको सरकारका प्रवक्ता मन्त्री गुरुङको भनाइ छ ।

आफूले गरेको गल्ती स्वीकार गरे माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई पनि एमालेमा स्वागत गर्ने उनले बताए । मन्त्री गुरुङले भने, “गल्ती महसुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टीभित्र स्वागत गरिनेछ ।”

मन्त्री गुरुङले नेकपा (एमाले) सँग अहिले दुवै हातमा लड्डुु रहेको बताए ।

उनले पार्टीलाई सरकारमा रहँदा आफूले अघि सारेको समृद्धिको एजेन्डालाई कार्यान्वयन गरेर जाने र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर निर्वाचनमा बहुमत ल्याउने अवसर रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : २२ बजे

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद