घुस अभियोगमा फार्मेसी अधिकृत सुवेदीविरुद्ध मुद्दा  « Khabarhub

घुस अभियोगमा फार्मेसी अधिकृत सुवेदीविरुद्ध मुद्दा 


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भइ आएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस माग गर्दै गरेको अवस्थामा आयोगको टोलीले सुवेदीलाई केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले आरोपी सुवेदीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, आयोगले आजै सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र प्रहरी नायब निरीक्षक राजेश पासीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोग लागेको छ । उनीहरूविरुद्ध बिगो अनुसारको कारवाहीको माग गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : ४२ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल