सेनाका शिक्षक र शिक्षार्थीको बङ्गलादेश र पाकिस्तान भ्रमण « Khabarhub

सेनाका शिक्षक र शिक्षार्थीको बङ्गलादेश र पाकिस्तान भ्रमण


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष, शिक्षक र शिक्षार्थीसहितको टोलीले बङ्गलादेश र पाकिस्तानको अध्ययन भ्रमण गरेको छ ।

उक्त कलेजमा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृत टोलीले साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीको नेतृत्वमा ४० बङ्गलादेश तथा मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ को टोली पाकिस्तान अध्ययन भ्रमणमा गएको थियो । ती टोलीले तत् मुलुकका स्थल, जल र हवाई सेनाका निकाय, महत्वपूर्ण औद्योगिकस्थल एवं समकक्षी कलेजको भ्रमण गरेको थियो ।

वार्षिकरूपमा हुने यस्ता भ्रमणले ती मुलुकका जल, थल तथा वायु सेनाको युद्धकलालगायतका नवीनतम प्रविधि प्रयोगबारे अवलोकनको अवसर मिल्दै आएको सेनाले जानकारी दिएको छ । भ्रमणबाट शिक्षार्थीलाई समसामायिक सैनिक विषयमा ज्ञान हासिल गर्नका साथै सैन्य कूटनीतिमा समेत सकारात्मक प्रभाव पर्ने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना