प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आरोप – प्रचण्डको मनोदशा पूर्वाग्रह र द्वेषको दलदलमा भासियो « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको आरोप – प्रचण्डको मनोदशा पूर्वाग्रह र द्वेषको दलदलमा भासियो


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका छन् ।

अध्यक्ष प्रचण्डले हिजो एक कार्यक्रममा संविधान मास्ने पात्रका रुपमा केपी ओली अगाडि आएको बताएका थिए। उनको भनाइलाई खण्डन गर्दै थापाले प्रचण्ड पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका हुन् ।

थापाले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तै यस्तै मनोदशा प्रकट हुने गर्छ ! धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेतपछि पर्दैनन् । प्रचण्डलाई संभवतस् यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि !।’

https://www.facebook.com/surya.thapa.754918/posts/3847493865343089

 

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : ०८ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज