भक्तपुरको सिर्जनानगरमा सिलिन्डर पड्केर आगो लाग्यो, ६ जना घाइते « Khabarhub

भक्तपुरको सिर्जनानगरमा सिलिन्डर पड्केर आगो लाग्यो, ६ जना घाइते


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको सिर्जनानगरमा सिलिन्डर पड्केर आगो लाग्दा ६ जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक घरमा ग्यास सिलिन्डर पड्केर आगलागी भएको हो । आइतबार साँझ शिवलाल कस्पालको चारतले घरको पहिलो तलामा सञ्चालित होटलमा ग्यास सिलिन्डर पड्किएको प्रहरीले जनाएको छ ।

सिलिन्डर पड्किएर आगलागी हुँदा होटल सञ्चालक दोलखाको शैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने टीकाराम बस्नेत, उनका आफन्त शैलुङ–१ घरभई कोटेश्वर बस्ने राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएका छन् ।

त्यस्तै सेवाग्राहीहरू भक्तपुर, सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक नगरपालिका–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ११ : २७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना