बलिउडमा कसका प्रेमिका कति ? « Khabarhub

बलिउडमा कसका प्रेमिका कति ?


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता पर्दामा कैयौं अभिनेत्रीसँग रोमान्स गर्ने गर्छन् । पर्दा पछाडि पनि उनीहरुको अफेयर उस्तै बाक्लो हुन्छ ।

बलिउडमा केही कलाकारहरु यस्ता छन्, जसले एक, दुई अफेयर पछि विवाह गरेका छन् । यहाँ केही अभिनेताको तीनदेखि अधिकतम तीन सय बढी प्रेमिकाहरु पनि थिए ।

अमर उजालाका अनुसार बलिउड अभिनेता रणवीर सिंह फिल्मभन्दा बढी आफ्नो प्रेमजीवनका कारण चर्चामा आइरहन्छन् । उनको नाम दीपिका पादुकोण, सोनम कपूर र कटरीना कैफसँग जोडिइसकेको छ ।

यतिमात्र होइन, उनी कैयौं पटक रहस्यमयी युवतीहरुका साथ दिएका छन् । हालका दिनमा उनी अभिनेत्री आलिया भट्टसँग डेटमा छन् ।

बलिउडका ‘दबंग’ अर्थात् सलमान खान हालसम्म अविवाहित छन् । अविवाहित रहे पनि यी अभिनेता अफेयरको मामलामा चोखो छैनन् ।

उनको नाम ऐश्वर्या राय, कटरीना कैफ, संगीता बिजलानी, सोमी अली, यूलिया वन्तुर जस्ता सुन्दरीहरुसँग जोडिइसकेको छ ।

बलिउडका ‘खेलाडी कुमार’ अक्षय कुमार रोमान्सका मामलामा पनि खेलाडी नम्बर एक नै छन् । अभिनेत्री ट्विंकल खन्नासँग विवाह गरेपछि खुशी जीवन बिताइरहेका उनको नाम कुनै समय धेरै अभिनेत्रीहरुसँग जोडिएको थियो ।

उनको नाम शिल्पा शेट्टी, रवीना टण्डन, प्रियंका चोपडा, आयशा जुल्कालगायतका अभिनेत्रीसँग जोडिएको थियो ।

अभिनेता सञ्जय दत्तको नाम अभिनेत्रीहरुसँगै गैह्र अभिनेत्रीहरुसँग पनि उत्तिकै जोडियो । उनले माधुरी दीक्षित, सुष्मिता सेना, टीना मुनिम जस्ता सुन्दर अभिनेत्रीहरुसँग अफस्क्रिन रोमान्स गरे ।

उनले आफ्नो बायोपिक फिल्म ‘सञ्जु’ मा आफ्नो तीन सय ८ प्रेमिका रहेको खुलाएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ६ : २५ बजे

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज

 होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ