शहादतको ४७ वर्षपछि प्रधान र डाँगी शहीद घोषणा | Khabarhub Khabarhub

शहादतको ४७ वर्षपछि प्रधान र डाँगी शहीद घोषणा


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापा विद्रोहका क्रममा पञ्चायती शासकद्वारा शहादत प्राप्त राम प्रधान र चन्द्र डाँगी ४७ वर्षपछि शहीद घोषणा भएका छन् ।

उनीहरुलाई यही चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको हो । विसं २०७२ मा सरकारले सुखानी जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई शहीद घोषणा गरे पनि प्रधान र डाँगी छुटेका थिए ।

समकालीन योद्धा केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला उनीहरुलाई शहीद घोषणा गरेका हुन् । यो राज्यले उनीहरूप्रति गरेको उच्च सम्मान भएको अर्का योद्धा तथा तत्कालीन संविधानसभा सदस्य मनकुमार गौतमले बताए । उनका अनुसार सुखानीका तत्कालीन पाँच योद्धालाई पनि ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा शहीद घोषणा गरेका थिए ।

प्रधानलाई विसं २०३० कात्तिक ४ गते इलामको शान्तिपुरमा एक किसानको घरको कोठाभित्र आश्रय लिएर सुतेका अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइराले घोचीघोची हत्या गरेका थिए । डाँगीलाई भने बिर्तामोडस्थित गरामनीमा आफ्नै घरमा प्रहरीले गोली हानी हत्या गरेको थियो ।

प्रधानका समकक्षी खडानन्द वाग्लेले विसं २०५४ मा तत्कालीन बुधबारे गाउँ पञ्चायतमा आफू अध्यक्ष हुँदा हाल बुद्धशान्ति गाउँपालिका–१ स्थित भोटेटारमा उनको अर्धकदको शालिक बनाइएको बताए । सोही स्थानमा रामकी धर्मपत्नी इन्द्रमाया र दुई छोराले मजदूरी गरेर जीपनयापन गरिरहेको वाग्लेको भनाइ छ ।

आर्थिक अवस्था नाजुक भएको सो परिवारलाई हालसम्म कसैबाट पनि सहयोग नभएको उनले जानकारी दिए । “उहाँ पञ्चायती शासनविद्धको आन्दोलनमा होमिनुभयो”, वाग्लेले भने, “घरको अवस्था त्यही बेला कमजोर थियो, छोराछोरीले पढ्न लेख्न पाएनन् । उहाँको हत्यापछि पढाइलेखाइ नभएका सन्तानले जागिर खाने कुरा भएन । अहिले मजदूरी गरेर जीवन निर्वाह गरिरहेका छन् ।”

त्यसैगरी विसं २०३० साउन २० गते डाँगीको भने प्रहरीले घरमै गोली हानी हत्या गरेको थियो । साविक बिर्तामोड–७ नडियाबारीमा सेल्टरका रुपमा रहेको उहाँका घरमा तत्कालीन झापा आन्दोलनका योद्धाको गोप्य बैठक चलिरहेका अवस्थामा प्रहरीले घेराउ गरेको थियो । प्रहरीको घेरा तोडेर भाग्ने क्रममा उनलाई गोली हानेर हत्या गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सदस्य शिव ढुङ्गेलले बताए ।

हाल बिर्तामोड–९ मा डाँगीको परिवार बसोबास गर्दै आएको छ । उनकी धर्मपत्नी र दुई छोरा छन् । सरकारले हालसम्म उनका नाममा कुनै पनि सहयोग नगरेको बताइएको छ । दुवै परिवारका सदस्यले सरकारले उच्च सम्मान दिँदै शहीद घोषणा गरेकामा खुशी व्यक्त छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  १० : ३० बजे

बझाङमा १४ वर्षीया बालिकामाथि करणी, एक युवक पक्राउ

बझाङ– बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ

सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना

काठमाडौं – काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई पाँच

लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँ : गृहमन्त्री  

काठमाडौं – गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिन्छ : जेलेन्स्की

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति

भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

वीरगञ्ज– भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८