कार्ल गुस्ताफ हाइडेन्सताम जो आन्तरिक शान्तिको खोजीमा लागे | Khabarhub Khabarhub

कार्ल गुस्ताफ हाइडेन्सताम जो आन्तरिक शान्तिको खोजीमा लागे


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्ना रचनाहरुमा अन्तस् जगतको शान्ति र आनन्दको खोजी गर्ने स्रष्टा हुन् कार्ल गुस्ताफ हाइडेन्सताम ।

उनले मानिसको जन्म नै शान्तिका लागि हो, त्यसैले शान्तिको जीवन बाँच्नुपर्छ । आत्मिक शान्तिको अन्वेषण नै जीवनको अभिष्ट हो भन्ने कुरालाई काव्यमार्फत् मुखरित गरे । कवितामा प्रकृतिप्रेम, मानवताप्रेम, आदर्श भावनाको प्रक्षेपण, जीवन र प्रकृतिको मूल उद्देश्य भित्री शान्ति हो भन्ने कुरालाई मुख्य जोड दिएका छन् ।

कार्ल गुस्ताफका चर्चित रचनाहरुमा पिल्ग्रिमेज एन्ड वान्डर इयर्स, पोइम्स, द चाल्र्समेन, द ट्रि अफ द फोल्कुङ्स, न्यु पोइम्स आदि आदि पर्छन् । उनले साहित्य कविता, कथा, उपन्यास विधामा कलम चलाए पनि उनी आफ्ना शक्तिशाली कवितामार्फत् नै जीवन्त बनेका छन् ।

यिनको जन्म सन् १८५९ मा स्वीडेनको ओलसाम्भार भन्ने ठाउँमा भएको थियो । धनी तथा सम्पन्न परिवारमा जन्मिएका यिनलाई अरु कुराको कुनै अभाव र दुःख थिएन तर स्वास्थ्य भने सानैदेखि यिनको कमजोर थियो ।

बाल्यकालदेखि नै फोक्सोको रोगी भएकोले अरु सरह स्कुल गएर पढ्न सकेनन् । तर धनी परिवारका सदस्य भएकाले घरमै लेखपढको व्यवस्था मिलाइयो ।

घरमै बसेर साहित्य पढ्नमा रुचि थियो । स्वास्थ्य लाभको निम्ति डाक्टरको सल्लाहमा हावापानी परिवर्तन गर्न सोह्र वर्षको उमेरमा विभिन्न देशका विभिन्न ठाउँहरु घुमे ।

टर्की, इजिप्ट, ग्रिस, इटाली, स्विटजरल्याण्ड घुमेर स्वास्थ्य लाभ गर्नुका साथै फरक फरक ठाउँमा रीतिथिती हावापानी, भूगोल, प्रकृति र संस्कृतिको अवलोकन गर्न पाए र हृदयमा नवीनतम अनुभूति सँगाले । जसले उनलाई लेखनमा थप ऊर्जा र लेखन सामग्रीहरु उपलब्ध भए ।

त्यसपछि उनले बिहे गरे । बिहेपछि पेरिस आएर कलाको अध्ययन गरे । पेरिसबाट फर्केर स्वीट्जरल्याण्ड एउटा मध्यमकालीन दरबार किनेर पतिपत्नी त्यहीँ बस्न थाले । पिताको मृत्युदेखि फेरि आफ्नै देश स्वीडेन फर्केर आए ।

उनले पहिलो कवितासङ्ग्रह निकाले । त्यसले यिनलाई लोकप्रियताको चरमचुलीमा पुर्‍यायो । त्यसपछि पत्नीको मृत्यु भयो । फेरि विवाह गरे । त्यो दाम्पत्य सम्बन्ध पनि लामो समय टिकेन । पुनः विवाह गरे । यता उनी कविता र उपन्यास लेखेर प्रतिष्ठित व्यक्ति बनी सकेका थिए ।

नपढे पनि उनलाई स्टकहोम विश्वविद्यालयले पिएचडी को उपाधि प्रदान गर्‍यो । त्यसकै आसपासमा उनी स्वीडिस एकेडेमीका सदस्य पनि बने । उनी साहित्यकार मात्र थिएनन् एक कुशल चित्रकार पनि थिए । यिनको काव्य लेखनलाई सम्मान गरेर सन् १९१६ को नोबेल पुरस्कार प्रदान गरियो ।

यिनको देहावसान सन् १९४० मा स्टकहोममा भयो ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : २० बजे

रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

माधव नेपालको जिकिर-मैले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न सक्छु

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूले भ्रष्टाचार

प्रतिमा गौतमले भनिन्- देश दुनियाँले नियाली रहेको छ, एक-अर्कालाई हिलो छ्याप्न बन्द गरौँ 

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले पार्टीको जारी केन्द्रीय कार्यसमितिको

नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन

मुग्लिङ पुलबाट त्रिशूलीमा हामफाल्न लागेका वृद्धलाई स्थानीयले बचाए

काठमाडौं- चितवनको मुग्लिङ बजारस्थित मोटरेबल पुलबाट त्रिशूलीमा हामफाल्न ठिक्क परेका