ब्राउनसुगरसहित छ युवा पक्राउ « Khabarhub

ब्राउनसुगरसहित छ युवा पक्राउ


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित छ युवालाई पक्राउ गरेको छ ।

सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित छ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–१३ का ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दीपक राई, २४ वर्षीय हरि खड्का, चौदण्डीगढी नगरपालिका–५ का २३ वर्षीय सुनिल राई रहेको जिल्ला प्रहरी उदयपुरले बताएको छ ।

यस्तै सप्तरी जिल्ला कङ्कालिनी नगरपालिका–७ का २५ वर्षीय ऋषिकुमार क्षेत्री र २० वर्षीय बब्लु मुखिया रहेको उदयपुर प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ३.९ ग्राम ब्राउनसुगर, सात बोतल कोरेक्स तथा केही गाँजा बरामद भएको प्रहरी कार्यलय उदयपुरले बताएको छ । पक्राउ गरिएका छ जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : २० बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः