कठारमा बाली उपचार शिविर « Khabarhub

कठारमा बाली उपचार शिविर


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको खैरहनी–१० कठारमा सोमबार घुम्ती बाली उपचार शिविर सञ्चालन गरिएको छ ।

कृषि ज्ञान केन्द्र चितवन र खैरहनी नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको थियो । शिविरमा वडा नं ९, १० र ११ का किसानले लगाएको बालीमा देखिएको रोग, किराका नमूना जाँच गराउनुका साथै परामर्शसमेत दिइएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत दीपेन्द्र अर्यालले जानकारी दिए ।

परीक्षणका क्रममा भेडे खुर्सानी र अकबरे खुर्सानीमा ओइलाउने, फेद कुहिने रोग र भाइरस, गोलभेँडामा पछौटे डढुवा र गोलभेँडाको पात खन्ने कीरा (टुटा कीरा) तथा मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएको अर्यालले बताए ।

कृषकको बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको सही पहिचान गरी समयमै उपयुक्त व्यवस्थापनका उपाय दिने उद्देश्यले शिविर सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : २५ बजे

एशियन महिला छनोट : चीनमाथि नेपालको जित

काठमाडौं– नेपाली  महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९

अदालतमा गोला प्रक्रिया निरन्तर

काठमाडौं– सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच

ओली, लेखक र गुरुङलाई मानवअधिकार उल्लंघनको कारबाही गर्ने कानुन नै छैन

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस 

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम

आर्थिक सर्वेक्षण : शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौं– चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार