‘मापसे’ गरेर गाडी चलाउनेविरुद्ध मुद्दा « Khabarhub

‘मापसे’ गरेर गाडी चलाउनेविरुद्ध मुद्दा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – सवारी दुर्घटना न्युनिकरणका लागि प्रहरीले झापामा मादक पदार्थ सेवन ‘मापसे’ गरि गाडी चलाउनेविरुद्ध अदालतमा मुद्दा चलाउन थालेको छ । यसै क्रममा तीनदिन अघि पक्राउ परेका एक चालकमाथि अभद्र व्यवहारको मुद्दा चलाईएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने झापाकै शिवसताक्षी–८, झिलझिलेमा चेकजाँचका क्रममा पक्राउ परेका मे.१ ख २६२९ नम्बरको यात्रुबाहक बसका चालकलाई मुद्दा चलाईएको हो ।

ब्रेथलाईजरमार्फत सडकमा चेकजाँचका क्रममा सो बसका चालक मोरङ, उर्लाबारीका मोहनलाल राईले ‘मापसे’ गरेको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध जिल्ला अदालत झापामा अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यात्रुबाहक बसका चालकले ‘मापसे’ गरि सवारी साधन चलाउँदा उनीसँगै ठूलो संख्यामा यात्रु तथा सडकमा रहेका अन्य व्यक्ति एवम् अरु सवारी साधनमा सवार व्यक्तिहरुमाथि समेत जोखिम हुने भएकाले यस्तो क्रम रोक्न प्रहरीले मुद्दा चलाउन शुरू गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ४० बजे

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी