प्रेमीकासँग विवाद हुँदा जब प्रेमीले मट्टितेल छर्किएर आगो लगाए | Khabarhub Khabarhub

प्रेमीकासँग विवाद हुँदा जब प्रेमीले मट्टितेल छर्किएर आगो लगाए


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोठाटारमा प्रेमी–प्रेमिकाबीच आपसी झगडाका क्रममा आगो लगाउँदा दुबै जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले घाइतेहरु दुई जना नै प्रेमी–प्रेमिका रहेको र उनीहरुबीच विवाद हुँदा आगो लगाएर घाइते भएको जानकारी दिए ।

एसपी बस्नेतका अनुसार काठमाडौंको गोठाटारमा कोठा गरी बस्ने सोलुखुम्बुकी १८ वर्षीया युवतीको कोठामा सो घटना भएको हो ।

जोरपाटी घर भएका सुरज श्रेष्ठ युवतीको कोठामा पुगेका थिए । युवतीको कोठामा आपसी विवादका क्रममा युवकले मट्टितेल छर्किएर ‘युवतीलाई पनि मार्ने र आफूपनि मर्ने’ भन्दै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एपी बस्नेतले बताए ।

आगोले युवतीको अनुहार लगायत माथिल्लो भाग जलेका कारण कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको छ भने युवकको पेटको भाग सामान्य जलेकाले जोरपाटीस्थित शुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : १६ बजे

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिन्छ : जेलेन्स्की

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति

भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

वीरगञ्ज– भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८

राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एक हुनुपर्छ : भीम रावल

लमजुङ–  भूमि जागरण अभियान नेपालका संयोजक  तथा पूर्वउपप्रधानमन्त्री डा भीम

सहकारीले आफ्नो छवि आफैँ सुधार्नुपर्छ : उपप्रधानमन्त्री सिंह 

काठमाडौं– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गतिविधि सुधार गरेर

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान 

काठमाडौं– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको