बुहारीलाई आगो लगाई फरार अभियुक्त सात वर्षपछि पक्राउ « Khabarhub

बुहारीलाई आगो लगाई फरार अभियुक्त सात वर्षपछि पक्राउ


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – आफ्नै २३ वर्षीया बुहारीलाई मट्टितेल छर्कि आगो लगाई फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बाँके जिल्ला, नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार पक्राउ गरेको हो ।

दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टितेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस्तै, हाल फरार रहेका पीडितका श्रीमान् र सासुको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ४५ बजे

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका