संसदको 'तिरस्कार र अपमान'को बदला जनताले लिनेछन् : नेता थापा | Khabarhub Khabarhub

संसदको ‘तिरस्कार र अपमान’को बदला जनताले लिनेछन् : नेता थापा


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीको कारण संसद कामविहीन अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै थापाले संसद विघटनको कदमलाई सही सावित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई कामविहीन बनाउने कोसिस गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘कहिले प्रश्न छल्न बैठक स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद भङ्ग । अनि अहिले प्रतिनिधिसभा भङ्ग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नको लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च ।’

अध्यादेश पेश गर्न नदिएको भन्दै प्रधानमन्त्रीले अनावश्यक हल्ला गरेको थापाको टिप्पणी छ । ‘एसिड आक्रमणलाई नियन्त्रण गर्ने कानून बनाउँन दिइएन भन्ने हल्ला गर्ने तर संसदलाई एउटा विधेयक पनि नदिने,’ उनले भने, ‘अनि विधेयकलाई कानून बनाउनको निम्ति चाहिने राष्ट्रियसभाको बैठक नबोलाउने ?’

उनले यो सरकार रहुन्जेल संसदको तिरस्कार र अपमान भइरहने आरोप समेत लगाए । ‘हामी स्पष्‍ट छौं- जतिदिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ,’ थापाले भने, ‘किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ । हामी हाम्रो ठाउँबाट डटेर संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं । बाँकी जिम्मा जनताको । यथोचित समयमा जनताले यसको हिसाब किताब गर्ने छन् ।’

आफूले बनाएको संसदको अपमान गरेकोमा जनताले यथोचित समयमा बदला समेत लिने थापाको चेतावनी थियो ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : २९ बजे

क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा तत्काल रु एक अर्ब उपलब्ध गराइने

काठमाडौं – नेपाल सरकारले हालै आएको बाढीपहिरोबाट प्रभावित जनताको तत्काल

बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने सरकारको निर्णय

काठमाडौं – सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही

तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं – सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने

काठमाडौं – नेपाली कांग्रेसले बाढी पहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला