चेपाङको आयआर्जन वृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण « Khabarhub

चेपाङको आयआर्जन वृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– बाख्रापालनबाट चेपाङको आयआर्जन वृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् ।

चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले ‘सबै यात्राको शुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना शुरु गरेको इम्प्याक्टले फलफूलका बिरुवापछि मङ्गलबार बोयर जातको बोका वितरण गरेको हो । गाउँपालिकाको ३० र इम्प्याक्टको ७० प्रतिशत लगानीमा बोका वितरण गरिएको हो ।

परियोजनाअन्तर्गत यहाँका चेपाङ समुदायलाई ११ समूहमा विभाजन गरी प्रत्येक समूहलाई दुई/दुईवटाका दरले २२ बोका वितरण गरिएको छ । चेपाङ बस्तीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले संयुक्तरूपमा समूहका अगुवालाई बोका हस्तान्तरण गरेका हुन् ।

गाउँपालिका अध्यक्ष गुरुङले चेपाङ समुदायको आर्थिक तथा सामाजिक विकासका लागि गाउँपालिकाले चेपाङ उत्थान कार्यविधि तयार गरेको र कार्यविधिअनुसार नै चेपाङ समुदायलाई सपना भिलेज सोशल इम्प्याक्टको सहकार्यमा बोयर जातका बोका वितरण गरिएको बताए । ‘अब मागेर होइन गरेर खानुपर्छ’ भन्ने नाराका साथ गरेर खाने वातावरण बनाउन विभिन्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

कार्यक्रममा इम्प्याक्टका अध्यक्ष गिरीले चेपाङ समुदायको जीवनस्तर उकास्न परियोजना शुरु गरिएको भन्दै दैनिक जीवनमा चेपाङ समुदायले गर्ने क्रियाकलापलाई प्रतियोगितामा समावेश गरी आर्थिक उन्नतिको बाटो परिचालन गरिएको बताए ।

उनले यसअघि फलफूलका बिरुवा वितरण गरिसकेको बताउनुभयो । कार्यक्रमा वडा नं १ का वडाध्यक्ष नन्दलाल गिरीले परियोजनाले चेपाङ समुदायको आर्थिक, सामाजिक व्यवहारमा सकरात्मक परिवर्तन आएको बताए ।

यसअघि सरसफाइ, कृषि, बालबालिकालाई विद्यालय नियमित पठाउनेलगायत विभिन्न विधामा प्रतिस्पर्धा गराई रु सात लाख बराबरको पुरस्कार वितरण गरिसकेको पनि इम्प्याक्टले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ९ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु