श्रीमानसँगै सुतेकी महिलाले होटलको कोठाबाट हाम फालिन « Khabarhub

श्रीमानसँगै सुतेकी महिलाले होटलको कोठाबाट हाम फालिन


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा होटलबाट एक महिला हाम फालेर आत्महत्या गरेकी छिन् । मंगलबार राति श्रीमानसँगै सुतेकी जनकपुरधामस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेकी छन् ।

म्याग्दीको तत्कालिन बिम गाविस ८ घर भएकी सृजना सुनार श्रीपालीले होटलको पाँचौ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन् । उनको शव आज बिहान होटल छेउमै रहेको खानेपानी संस्थानको परिसरमा फेला परेको धनुषाको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

यातायात कार्यालय जनकपुरबाट स्कुटीको लाइसेन्स बनाउन श्रीमान विश्वास सिर्पालीसँगै उनी दुई दिन अगाडी नै जनकपुरधाम आएर उक्त होटलमा बसेका थिए ।

‘राति गफगाफ गरेर सुत्यौं । बिहान साढे तीन बजे बिउझिएँ । ओछ्यानमा बुडी थिएनन्,’ मृतक महिलाको श्रीमान विश्वास श्रीपालीले भने, ‘त्यसपछि खोज्न थाले । अनी होटल छेउमा पानीमा शव फेला पर्‍यो ।’

विश्वास ११ दिनअगाडी मात्र विदेशबाट आएको थियो । साउदीमा करिव डेढ वर्ष काम गरेर नेपाल आएको उनले बताए । श्रीमती सरकारी जागिरमा रहेको भन्दै हिजो राति समान्य विवाद भएको बुझिएको छ । श्रीमती आत्महत्या गरेकी विषयमा केही बताउन नसक्ने प्रहरी समक्ष बयान दिएका छन् । घटना शंकास्पद देखिएकाले अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रको भनाइ छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु