सयौँ विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द | Khabarhub Khabarhub

सयौँ विद्यार्थी बिरामी भएपछि तीन दिनका लागि विद्यालय बन्द


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– नारायण नगरपालिका- ५ नवदुर्गा निमावि धिताहमा सयौँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए ।

उनका अनुसार आइतबार करीब १५०, सोमबार करीब १०० र मङ्गलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए ।

विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिए । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा गुरुङले जानकारी दिए ।

यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए ।

सयौँ विद्यार्थी दुई दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीयवासी यामराज कटुवालले बताए । विद्यार्थी मात्र नभई नारायण-५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ । टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्यचौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्यचौकी प्रमुख षडानन्द शर्माले बताए । रासस

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १ : १६ बजे

पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो

काठमाडौं – मार्गशीर्षकृष्ण त्रयोदशीका अवसरमा आज बेलुकीदेखि पशुपति क्षेत्रमा दिवंगत

मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग

कञ्चनपुर – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ

एनपीएल खेल्न पाउँदा उत्साहित छु : शिखर धवन

काठमाडौं – भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् ।

पीपीएको भुक्तानी रोकेर बक्यौता उठाउने प्राधिकरणको पत्रप्रति सोपानको आपत्ति

काठमाडाैं – सौर्य ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (सोपान)ले डेडिकेटेड ट्रंकलाइन

धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन पक्राउ

धनुषा – यही मङ्सिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी